पथरीशनिश्चरेमा काङ्ग्रेसको चुनावी प्रचार प्रसार अभियान - Crazysaptahik.com

पथरीशनिश्चरेमा काङ्ग्रेसको चुनावी प्रचार प्रसार अभियान

क्रेजी संवाददाता
पथरी । आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा नेपाली कांग्र्रेस पथरीशनिश्चरेले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएको छ ।

नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदका उम्मेद्वार नगेन्द्र सुब्बा, उप–प्रमुख पदका उम्मेद्वार कविता पराजुली लगायत वडा अध्यक्षका उम्मेद्वार र सदस्यका उम्मेद्वारहरु घरदैलो र र्यालीमा ब्यस्त छन् ।

नेपाली कांग्रेसले नगरका १० वटै वडाहरुमा घरदैलो कार्यक्रम सम्पन्न गरिरहेको नगर सचिव सन्तोष कटुवालले जानकारी दिए । यस्तै नगरमा वडा नं. १ बाट राजेन्द्र बस्नेत, वडा नं. २ बाट टिका तामाङ, वडा नं. ३ बाट विजय लिम्बु, वडा नं. ४ बाट लोककिरण न्यौपाने, वडा नं.५ बाट चेतन खड्का, वडा नं. ६ बाट कृष्ण बस्नेत, वडा नं.७ बाट जितन राई, वडा नं. ८ बाट टेकबहादुर थापा, वडा नं. ९ बाट वीरबहादुर राई र वडा नं. १० बाट भुवन थापा वडा अध्यक्षका उम्मेद्वार रहेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.