यु–१९ महिला क्रिकेट टिम घोषणा - Crazysaptahik.com

यु–१९ महिला क्रिकेट टिम घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले यु–१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट गरेको छ । २०२३ मा अफ्रिकामा हुने विश्वकपको छनोटका लागि क्यानले खेलाडीको नामावली सार्वजनिक गरेको हो ।

प्रारम्भिक ४४ सदस्य टोलीबाट क्यानले दोस्रो चरणमा १८ खेलाडीको नाम सार्वजनिक गरेको हो । क्यानले सोमबार घोषणा गरेको टिममा किरण कुँवर, सोनु राजवंशी, टिका साह, सृष्टि धामी, साविधी धामी, एलिसा यादव, रन्जु श्रेष्ठ, अन्जली विक, हिरान्मायी रोय, एलिसा खडिया, क्रितिका मरासिनी, मिनिसा उपाध्याय, स्नेहा महरा, निसा साह, मिनिसा राना मगर, प्रतिमा साह, ज्योतिनिस्का मरासिनी र मनिषा चौधरी परेका छन् ।

छनोटमा नेपालसँगै मलेसिया, युएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतार सहभागी हुन्छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.