राष्ट्रिय भलिबल :महिलातर्फ एपीएफ र पुलिस विजयी - Crazysaptahik.com

राष्ट्रिय भलिबल :महिलातर्फ एपीएफ र पुलिस विजयी

आरबीबी एनभिए क्लब लिग च्याम्पियनसिप २०७९ को पाँचौ दिन महिलातर्फ बिहीबार विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब विजयी हुँदा न्यू डायमन्ड क्लब पराजित भएको छ ।

एभरेष्ट भलिबल क्लबलाई ३–१ सेटको नतिजामा पराजित गरे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न खेलमा एपीएफले एभरेस्टलाई २५–१३, २५–१०, १९–२५, २५–१९ ले हरायो ।

जितसँगै प्रतियोगितामा तीन खेल खेलेको एपीएफले ६ अंक जोडेको छ । समान खेलबाट एभरेस्टले दुई अंक जोड्यो । आज नै भएको महिलातर्फको दोस्रो तथा अन्तिम खेलमा साविक विजेता न्यू डायमन्ड स्पोर्टस् क्लबलाई नेपाल पुलिस क्लबले सोझो सेटमा पराजित गरे।

राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेको पुलिसले डायमन्डलाई २५–११, २५–१७, २५–१५ को सोझो सेटमा हरायो । प्रतियोगितामा लगातार तेस्रो जित निकालेको पुलिस ९ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । साविक विजेता डायमन्डको मात्र एक अंक जोडेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.