पथरीशनिश्चरेमा नेकपा एमालेमा प्रवेशको लहर - Crazysaptahik.com

पथरीशनिश्चरेमा नेकपा एमालेमा प्रवेशको लहर

क्रेजी संवाददाता
पथरी । स्थानीय तह निर्वाचनको संघारमा पथरीशनिश्चरेमा अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेशको लहर नै चलेको छ ।

पथरीशनिश्चरे–४ मा आज विभिन्न पार्टी परित्याग गर्दै दर्जन बढी नेकपा एमालेमा प्रवेश गरेका छन् । वडाको पार्टी कार्यालय सिरिसे डाँडामा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको थियो ।

माओवादी केन्द्र पथरीशनिश्चरे नगर कमिटी सदस्य छत्रबहादुर बस्नेत, खगेन्द्र लिम्बु, डिकबहादुर घोर्साने, अर्जुन विश्वकर्मा, सुनिता बिक रसाईली, सुनिता बिश्वकर्मा, धनबहादुर बिश्वकर्मा, साईत मान दर्जी, गंगा दर्जी, टेकेन्द्र दर्जी, दिलिप पासवबन, राजु पासवान, पर्शुराम पासवान, फुलोदेवी पासवान, फेक्नी मणडल, केवली प्रसाद पैडेल, पदम विक, भिम बिक, कला बिक लगायतले माओवादी केन्द्र र नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।

सो कार्यक्रममा बोल्दै माओवादी केन्द्रबाट प्रवेश गरेका छत्रबहादुर बस्नेतले भने–‘देश विकास र समृद्धीको बाटोमा नेकपा एमालेले नै लाने भएकाले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्न लागिपर्नेछौं ।’ उनले थपे –‘एमाले परिपक्क उमेद्वार छानेकाले सूर्य चिन्हमा मतदान गर्न अपिल गर्दछौं ।’ यसअघि पनि पथरीशनिशचरेमा धेरै समूह विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरिसकेका छन् ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य युवराज बास्कोटा, प्रदेश कमिटी सदस्य दिलिपकुमार राई, रामकुमार बस्नेत, नगर अध्यक्ष रमेश दाहालको उपस्तिति रहेको थियो ।

सम्बन्धित खवर