जम्बो टोली सहित पथरीशनिश्चरे १० मा एमालेको चुनावी अभियान - Crazysaptahik.com

जम्बो टोली सहित पथरीशनिश्चरे १० मा एमालेको चुनावी अभियान

क्रेजी संवाददाता
पथरी । स्थानीय तह निर्वाचनको मिति साता दिन मात्र बाँकी रहँदा पथरीशनिश्चरेमा एमालेको घरदैलो र चुनावी अभियान व्यापक रुपमा अघि बढिरहेको छ ।

आज वडा नं. १० को आयोजनामा जम्बो टिमसहित घरदैलो कार्यक्रम र कोणसभाको आयोजना गरिएको छ । पथरीशनिश्चरे नगरका प्रमुख पदका उम्मेद्वार मोहनप्रसाद तुम्वापो, उप–प्रमुख पदका उम्मेद्वार देवीमाया काफ्ले र वडाका उम्मेद्वारहरुको टोली सहितको सहभागितामा चुनावी अभियानलाई तिव्रता दिइएको थियो ।

वडा अध्यक्षका उम्मेद्वार जीवन खतिवडा, सदस्यका उम्मेद्वारहरु मिनाकुमारी तामाङ, मनकुमारी विश्वकर्मा, विकास तामाङ र दिलबहादुर कार्की रहेका छन् ।

वडाको पार्टी कार्यालयबाट नाच्दै गाउँदै सुरु भएको अभियान आदर्श टोल, रिगुवा, शिविर बस्तीको सिमाना, मनकामना टोल हुँदै एकता टोल (अर्नाधाप), ९ र १० सिमाना, चौकी डाँडा, त्रिवेणी चौक हुँदै जिरीखिम्तीमा समापन गरिएको थियो । वडाको मंगलबारे डाँडा र जिरीखिम्तीमा कोणसभाको आयोजना गरिएको वडा सचिव सन्जय राईले जानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.