वडा नं. १ द्वारा विशाल घरदैलो कार्यक्रमका लागि निमन्त्रणा - Crazysaptahik.com

वडा नं. १ द्वारा विशाल घरदैलो कार्यक्रमका लागि निमन्त्रणा

क्रेजी संवाददाता
पथरी । नेकपा एमाले पथरीशनिश्चरे वडा नं. १ निर्वाचन प्रचार प्रसार समितिले निमन्त्रणा पत्र बाढेको छ ।

शुक्रबार वडाका अगुवा कार्यकर्ताहरुको संयोजनमा शनिबार हुने विशाल घरदैलो कार्यक्रमको बारेमा जानकारी दिने हेतुले मोटरसाइकलमा सवार भई निम्तो दिइएको जिल्ला सदस्य धनकुमार तामाङले जानकारी दिए ।

पथरीशनिश्चरे–१ को रत्नचौकबाट सुरु गरिएको सो अभियान वडा नं. १ को विभिन्न टोलहरुमा पुगेका थिए । भोलि नगर प्रमुखका उम्मेद्वार मोहनप्रसाद तुम्वापो, उप–प्रमुखका उम्मेद्वार देवीमाया काफ्ले, वडा अध्यक्षका उम्मेद्वार भीमकुमार राई र सदस्यका उम्मेद्वारहरु बसुन्धरा गुरुङ, आरती विक, पूर्णबहादुर कार्की, सुरेश कार्कीको उपस्थितिमा घरदैलो कार्यक्रम हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.