‘एमालेप्रतिको बढ्दो जनलहर नै मेरो जितको निश्चित आधार हो’– अधिकारी - Crazysaptahik.com

‘एमालेप्रतिको बढ्दो जनलहर नै मेरो जितको निश्चित आधार हो’– अधिकारी

४९ वर्षअघि झापा जिल्लाको साविक दमक–१० को खरखरेमा जन्मिएका हुन् उमानाथ अधिकारी । पथरीशनिश्चरे वडा नं. ५ हसन्दहका स्थायी वासिन्दा अधिकारीले राजनीतिक यात्रा २०४३ सालबाट आरम्भ गरेका हुन् । हाल नेकपा एमाले पथरीशनिश्चरे नगर कमिटीका उपाध्यक्ष पद सम्हालेका अधिकारीले दर्जनौ संघ संस्थामा रहेर काम गरिसकेका छन् । आसन्न वैशाख ३० गते हुने निर्वाचनमा वडा नं. ५ बाट नेकपा एमालेका वडा अध्यक्षका उम्मेद्वारको रुपमा उभ्याएका छन् । प्रस्तुत छ निर्वाचनकै पेरिफेरिमा रहेर अधिकारीसँग गरिएका संवादका मुख्य अंशहरु :–

दिनचर्या कसरी बितिरहेछ ?
– हेर्नुहोस्, यतिबेला वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मेरो उम्मेद्वारी पनि यसै वडाबाट भएकाले पनि घरदैलो कार्यक्रम गर्दै बितिरहेको छ । खासगरी गाउँतिर भोट भाग्दै पार्टी भित्रका साथीहरुलाई भेटघाट गर्दै चुनावी माहौल भएकाले पनि भोटको अपिल गर्दै दिनहरु बितिरहेका छन् ।

वडा नं. ५ मा वडा अध्यक्षको उम्मेद्वार तपाई नै किन ?
– पथरीशनिशचरे नगरपालिकाको १० वटै वडा मध्ये विकास निर्माणमा अत्यन्तै पिछडिएको वडा हो । वडा नं. ५ लाई ५ वर्ष भित्रमा समृद्धि वडा बनाउने योजना रहेकाले मेरो उम्मेद्वारी आएको हो ।

यस वडामा तपाईको जित्ने आधारहरु के–के देख्नुहुन्छ ?
– वडा नं. ५ मा अल्पसंख्यक रुपमा रहेका लोपोन्मुख विपन्न जातजातिहरुको बाहुल्यता छ । यी जातजातिहरुमा चौधरी, मुसहर, ऋषिदेव, धिमाल, राजवंशी र सन्थाल आदि रहेका छन् । उनीहरुको समस्यालाई नजिकबाट पहिचान गरेर समाधान गर्ने कार्यमा जुट्नेछु । यस वडालाई समृद्ध बनाउने कार्यमा अहोरात्र नभनीकन खटिनेछु । त्यसमा पनि मेरो भिजनसँग वडावासीहरु सहमत र व्यापक जनसरोकारका विषयसँग मेरो योजना रहनेछ । त्यसका अलवा यसभन्दा अगाडि वडामा विजेता हासिल गरेका नेकाको प्रत्यक्ष जनसरोकारका विषयहरुमा सम्वोधन गर्न सकिरहेको छैन । तिनै विषयलाई लिएर म अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु । अहिले निर्वाचनमा कांग्रेसको आधिकारिक स्वतन्त्र उम्मेद्वारको रुपमा खडा भएका छन् । म राजनीतिक र वैचारिक हिसावले नेपाली कांग्रेससँग मेरो प्रतिस्पर्धा रहनेछ । त्यसमा पनि वडा नं. ५ मा रहेका सडक, शिक्षा, बिजुली, स्वास्थ्य, कृषि क्षेत्रमा रहेका कुरालाई व्यापक रुपमा सुधार गरेर वडालाई स्तरोन्नति गर्नेछु ।

तपाईको जित निश्चित छ ?
– जनताले म प्रति देखाएको भरोसा, उहाँहरुले प्रदान गर्नुभएको उत्साह र एमालेप्रतिको बढ्दो जनलहर नै मेरो जितको निश्चित आधार हो ।

अन्त्यमा ?
– वडा नं. ५ का सम्पूर्ण वडावासीलाई म विनम्र अनुरोध गर्दछु कि यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मेरो वडाध्यक्षको उम्मेद्वार, सदस्यहरुका उम्मेद्वारहरुलाई सुर्य चुनाव चिन्हमा अत्यधिक मतले विजयी गराउन अपिल गर्दछु । यहाँहरुले यस पटक मलाई जिताएर जनताको सेवा गर्ने अवसर दिनुहुन्छ भन्ने आशा राखेको छु ।

प्रस्तुति : भूमिप्रसाद पाठक

सम्बन्धित खवर