जिम्बावे ‘ए’ ले दोस्रो एकदिवसीयमा नेपाललाई जितका लागि ८८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१ ओभर १ बलमा अलआउट हुँदै ८७ रनमा बनायो ।
जिम्बावेका लागि जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रन बनाए । ब्राड इभान्स २० रन अविजित रहे । सेफासले १० जोडे । नेपालका सोमपाल कामी र करण केसीले ३र३ विकेट लिए ।
सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए। आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । शुक्रबार भएको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो ।