पथरीशनिश्चरे १ मा एमालेको विशाल घरदैलो कार्यक्रम, उर्लियो जनलहर - Crazysaptahik.com

पथरीशनिश्चरे १ मा एमालेको विशाल घरदैलो कार्यक्रम, उर्लियो जनलहर

क्रेजी संवाददाता
पथरी । चर्काे घामको प्रवाह नगरी हजारौंको संख्यामा नेकपा एमालेका उम्मेद्वार र कार्यकर्ताहरु शनिबार पथरी बजारमा छ्यापछ्याप्ती छाए ।

स्थानीय तह निर्वाचन अभियान अन्तर्गत नेकपा एमाले पथरीशनिशचरे १ नं. वडा कमिटीको आयोजनामा विशाल घरदैलो कार्यक्रममा नगर प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष लगायत सदस्यहरु अघि अघि र शुभेन्छुक र कार्यकर्ताहरु पछि पछि हिडेका थिए ।

पथरीको रत्नचौकबाट नाच्दै गाउँदै बाजागाजा सहित सुरु भएको अभियान यलम्बर चौक, विशाल चौक, बजार लाइन, हाईवेय, बुद्ध चौक, शिखर चौक, हनुमान चौक, सुन्दर बस्ती परिक्रमा गरिएको नगर अध्यक्ष रमेश दाहालले जानकारी दिए ।

यसैगरी बुद्ध चौक, शिखर चौक र सुन्दर बस्ती (गुम्बा लाइन)मा कोणसभा पनि गरिएको थियो । कोणसभामा उम्मेद्वार तथा एमालेका नेताहरुले सम्वोधन गरेका थिए । दैनिक रुपमा भइरहेको यस क्षेत्रमा नेकपा एमालेको कार्यक्रमहरुमा जनलहर उर्लिरहेको छ ।

सम्बन्धित खवर