'हामीलाई मतदान गरी विजयी गराइदिनु हुन वडावासीमा अनुरोध गर्दछु'– बस्नेत - Crazysaptahik.com

‘हामीलाई मतदान गरी विजयी गराइदिनु हुन वडावासीमा अनुरोध गर्दछु’– बस्नेत

सालिन भद्र, मिजासिलो स्वभावका धनी हुन् उद्धवराज बस्नेत । ४९ वर्ष अघि दोलखा जिल्लाको तामाकोशी गाउँपालिकामा जन्मिएका बस्नेतले, व्यवस्थापन विषयमा स्नातक (बीकम) गरेका छन् ।

२०४० बाट पथरीशनिश्चरे वडा नं. ७ को लामाटोलीमा स्थायी बसोबास गर्नुभएका बस्नेतले २०४६ सालबाट राजनीतिक यात्रा तय गरेका हुन् । १ दर्जन भन्दा बढी सामाजिक क्षेत्रमा काम गरेका बस्नेतको लोकप्रियता कम छैन । यही वैशाख ३० गते आउने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको पथरी शनिश्चरे वडा नं ७ मा वडा अध्यक्षका उम्मेद्वारमा रुपमा चुनावी मैदानमा आएका छन् बस्नेत । यही सेरोफेरोमा रहेर तयार पारिएको संवादका मुख्य सारसङ्क्षेप :–

अहिले व्यस्तता कस्तो चलिरहेको छ ?
– उही त हो नि ! स्थानीय निर्वाचन नजिकिदैं गर्दा जनताका घरदैलोमा भोट माग्दै आफ्ना पार्टीका साथीभाइसँग भेटघाट गर्दै, आफू व्यस्त बनिरहेको छु ।

तपाईले जित्ने आधारहरु के–के देख्नुभएको छ ?
– सिङ्गो नेकपा एमाले विगत ५ वर्ष जितेर जनताको पक्षमा न्यायप्रेमी कार्य गरेका छ । तिनै पुराना निरन्तर कामको लागि पनि मेरो निरन्तरता हो । जनतासँग रहेका कतिपय अधुरा–अपूरा काम कारवाही पूरा हुन सकिरहेका छैन । त्यसमा पनि कीर्तिपुर बजारको व्यवस्थापन त्यस बजारलाई सहरीकरण गर्दे लामाटोली र किराँती चौकलाई स्तरोन्नति गर्दै लैजाने योजना रहेको छ । विष्णुचौकलाई सिटी प्लानको अवधारणामा ल्याउने । यस वडाको दक्षिणतिर विकट र पिछडिएका यस ठाउँलाई विकास निर्माणमा जोड्ने मेरो वार्डमा पर्ने तीन वटा सामुदायिक विद्यालय स्तरोन्नति गर्ने, यी विद्यालयमा अङ्ग्रेजी माध्यमबाट क्रमशः कक्षा–१० सम्म पठन पाठन गराउने योजना रहेको छ । यस वडा भित्रका तीन वटा वडा मध्ये एउटा सामुदायिक विद्यालयमा प्लस–टु को कक्षा सञ्चालन गर्ने पहल गर्ने । स्वास्थ्य क्षेत्रमा स्वयम् सेविका वडाको घर–घरमा परिचालन गर्ने वृद्धवृद्धालाई घर–घरमा भत्ता पु¥याउने । यहाँ रहेको कृषियोग्य जमिनलाई कृषि उत्पादनमा जोड दिने । बेलैमा कृषकलाई बीउ बिजन सहुलियत दरमा उपलब्ध गराउन पहल गर्ने । त्यसरी नै कृषि औजार उपलब्ध गराउने । वडामा पशुपालन र कृषिमा निर्भर भएका पशुपालनका रुपमा सहुलियत दरमा उपलब्ध गराउने । कृषिमा निर्भर भएका जनतालाई जेटीए भेटनेरी व्यवस्था गर्ने, जनताको घरदैलोमा सेवा पु¥याउन पहल गर्ने र जनताको प्रत्यक्ष जनसरोकारका कामहरु थालनी गर्ने योजनाहरु रहेका छन् ।

तपाईको जित निश्चित छ त ?
– मेरो जित लगभग निश्चित नै छ, विगतमा हाम्रो पार्टीले सिङ्गो वडा विजय हासिल गरेका कारण पनि हो हाम्रो पार्टीले जितेको वडा काम कार्यले र जनप्रतिनिधिको साथ सहयोगले पनि हामी विजयी हासिल गर्ने आधार तय भएको छ ।

र……अन्त्यमा के भन्नुहुन्छ ?
– यहाँका सम्पूर्ण जनतासँग विश्वास र भरोसा गर्दछु । हाम्रो पार्टी नेकपा एमालेले जनतामा प्रत्यक्ष काम गरेकाले पनि यस पटक तपाईहरु माझ मेरो उम्मेद्वारी, वडा सदस्यहरु भएकाले सम्पूर्ण वडावासीमा सूर्य चुनाव चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी गराइदिनु हुन अनुरोध गर्दछु ।

– प्रस्तुति :  भूमिप्रसाद पाठक

सम्बन्धित खवर