क्रेजी संवाददाता
किर्तिपुर । ‘नेकपा एमालेको आह्वान, समृद्ध नगरका लागि सूर्यमा मतदान’ भन्ने मूल नाराका साथ पथरीशनिश्चरेको किर्तिपुरमा नेकपा एमालेको वृहत् चुनावी सभा भएको छ ।
सोमबार नेकपा एमाले निर्वाचन मूल परिचालन कमिटी पथरी शनिश्चरे नगरद्वारा आयोजित वृहत् चुनावी सभामा प्रमुख वक्ताको रुपमा संविधानसभा अध्यक्ष तथा वरिष्ठ नेता नेकपा एमालेका सुवासचन्द्र नेम्बाङ र संघीय सांसद क्षेत्र नं. ३ मोरङ सदस्य÷ नेकपा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल वक्ताका रुपमा प्रस्तुत भएका थिए ।
सो वृहत् चुनावी सभासँगै दर्जन बढी नेकपा एमालेमा प्रवेश गरेका छन् । दुई स्वतन्त्र गरी अन्य नेपाली कांग्रेसका कार्यकर्ता प्रवेश गरेको नेकपा एमाले पथरीशनिश्चरेका अध्यक्ष रमेश दाहालले जानकारी दिए ।
यस्तैगरी कार्यक्रममा स्वागत मन्तव्य नेकपा एमाले प्रदेश नं.१ कमिटी सदस्य तथा संगठन विभाग प्रमुख रामकुमार बस्नेतले राखेका थिए भने मेयर दिलिपकुमार राईले आफ्ना कुरा राखेका थिए । यस्तै प्रमुख पदका उम्मेद्वार मोहनप्रसाद तुम्वापो र उप–प्रखुख पदका उम्मेद्वार देवीमाया काफ्लेले नगरवासीमा आफ्ना प्रतिबद्धताहरु सुनाएका थिए । किर्तिपुरमा हजारौंको संख्यामा उपस्थित नेकपाका कार्यकर्ता एवं शुभेच्छुक माझ पथरीशनिश्चरेको वडा नं. १ देखि १० नं. का उम्मेदवारहरुको परिचयत्मक कार्यक्रम समेत गरिएको थियो ।
भिडियो हेर्नुहोस :