जिउँदो ज्याग्दो अनि जीवन आधी शताब्दीभन्दा बढी कम्युनिष्ट आन्दोलनमा बिताएकी झापा आन्दोलनकी प्रवर्तक तथा कम्यूनिष्ट चिन्तक हुन् देवीमाया काफ्ले । वि.सं. २०१३ साल चैत्र १० गते खोटाङ जिल्लाको दिक्तेलमा बुबा खगप्रसाद पोखरेल र बदनाकाको कोखबाट दोस्रो सन्तानकी रुपमा जन्मिएकी हुन् । तत्कालीन समयमा सुनसरीको सट्टाभर्ना अभियान अन्तर्गत बसाइँ सर्ने क्रममा ५० वर्षयता पथरीशनिश्चरे नगरपालिका वडा नं. ६ मा बसोबास गर्नुभएकी एक सशक्त सबल नारीको रुपमा उनलाई चिन्न सकिन्छ । पुरानो कम्युनिष्ट विचारधाराबाट संश्लेषित काफ्ले सामाजिक जागरण परिवर्तन, व्यवस्थापन २०४६ सालयता परिवर्तनको आन्दोलनमा होमिनुभएको कुरा उनको भनाइ छ ।
पञ्चायतकालीन बर्बर दमनका विरुद्ध बुलन्द आवाज शंखघोष गर्ने निडर, निर्भिक, हिम्मती र साहसिक नारी पात्रका रुपमा उनी पर्दछिन् । उनको राजनीतिक सुरुवातका दिनहरुमा अखिल नेपाल किसान संघ, अखिल नेपाल महिला संघ, नेकपा निर्माण कालमा राजनीतिक आवाजहरु गाउँ गाउँसम्म पु¥याउने एउटा अनुभवी र परिपक्वता हासिल गरेकी काफ्ले यो समाजकै अग्रणी महिला नेतृ हुन् । तत्कालीन नेपाली राजनीतिमा सबैभन्दा चर्चित मदन भण्डारीको भूमिगत समयमा वैचारिक– सैद्धान्तिक स्कुलिङ्बाट प्रभावित कामले पार्टीको जिल्ला कमिटी सदस्यको रुपमा आफ्नो संगठनमा परिचित छिन् ।
झोडा फडानीपछि आकर्षित यहाँ बस्ती बसोबास र त्यसको विकासक्रममा देखिएको सामाजिक असमान व्यवहार, थिचोमिचो, अन्याय अत्याचार, शोषण दमन विरुद्ध किसान आन्दोलनको रुपमा संगठित भई, यहाँको झारपात, माटो र हावा पानी समग्र परिवेशले चिनेको नेतृ हुन् । उनले कृषि, कुलोपैनी, सहकारी, वन पर्यावरण, जल, सिंचाई, मठ मन्दिर निर्माण लगायत धेरै क्षेत्रमा मन लगाएर काम गरेको सुनाइन् ।
राजनीतिक, सामाजिक कामको क्षेत्रमा खटिनुभएकी काफ्ले संगठित रुपमा आफूले जनताबाट अपार माया पाएको जितको नजिक पुगेको उनले व्यक्त गरिन् । राजनीतिमा आवश्यक इमान, निष्ठावान काफ्ले यस नगरको नेकपा एमालेको उम्दा उम्मेद्वार हुन् । एमालेले छानेको भौगोलिक सन्तुलित रुपमा सबै जनताको अगाडि उनी शासक होइन, सेवकको रुपमा काम गर्ने प्रण गरिन् । स्थानीय निर्वाचन २०७९ वैशाख ३० को तयारीसँगै उपप्रमुख पदमा नेकपा एमाले पथरीशनिश्चरे नगरपालिका कमिटीले दिएको उम्मेद्वार देवीमाया दक्षिण भूगोल हसन्दह खण्डमा स्थापित पहिलो नारी पुस्ताकी अग्रणी नेतृ हुन् ।
यसरी पथरीशनिश्चरे नगरमा रहेका तमाम समस्यालाई उनले बुझेको त्यसमा कृषियोग्य जमिन, स्वास्थ्यका समस्या, नारीका समस्या, शिक्षा रोजगारीलाई उनले जित हासिल भएको खण्डमा पूरा गर्ने वचनबद्धता जाहेर गरिन् । यहाँ पथरी बजारदेखि हसन्दहसम्म आइपुग्दा मात्र होइन सम्पूर्ण नगरमा तमाम समस्याहरु रहेका छन् । ती समस्यालाई आफूले पूरा गर्ने जनताको सेवामा अहोरात्र खटिने र हिजो उपप्रमुख (यमुना बिष्ट बास्तोला)ले गरेका अधुरा अपूरा कामलाई निरन्तरता दिँदै जनताका जनसरोकारका विषयमा केन्द्रीत हुँदै काम गर्ने उनले सुझाइन् । उनले क्रेजी साप्ताहिक मार्फत् भनिन्– ‘मलाई एक पटक सेवा गर्ने अवसर प्रदान गर्न हुन सम्पूर्ण वडावासी आमाबुबा, दाजु भाइ, दिदीबहिनीहरुमा हार्दिक अनुरोध गर्दछु ।’
प्रस्तुति : भूमिप्रसाद पाठक