साथीभाइहरुसँग बसेर विकास योजनाका प्लानिङ गर्न माहिर, इमान्दार छविका धनी, वौद्धिक व्यक्तित्व हुन् नैना राई ।
मोरङ पथरीशनिश्चरे–२ बुद्धचौक निवासी नैना राई शिक्षित युवामा गनिन्छन् । उनले एमएससी सम्मको अध्ययन सकिसकेका छन् । र, अहिले राजनीतिमा आफ्नो क्षमता निखार्दै अघि बढ्ने प्रयत्न गरिरहका छन् । नेकपा एमाले पथरीशनिश्चरे २ को वडा अधिवेशनबाट अध्यक्षको जिम्मेवारी वहन गरिसकेका छन् ।
आसन्न स्थानीय तह निर्वाचनका लागि पनि नेकपा एमाले पथरीशनिश्चे २ ले राईलाई वडा अध्यक्षको उम्मेद्वार बनाई अघि सारेका छन् । वडामा राईले धेरै अघिदेखि विभिन्न संघ संस्थाहरुको जिम्मेवारी पदमा रहेका आफ्नो कौशलता देखाइसकेका छन् । पथरीशनिश्चरे खेलकुद विकासको सचिव, बुद्ध भेट्रान फुटबल समितिकिो अध्यक्ष लगायत करिब दर्जन बढी संघ संस्थामा आवद्ध छन् ।
यही कारणहरु र योगदानका कारण पनि अहिले पथरीशनिश्चरे वडा नं. २ का चिया गफहरुमा नैनाकै चर्चा सुनिने गरेको छ । स्थानीय मतदाताहरु निर्धक्क तरिकाले नैनाको पल्लाभारी हुनेमा विश्वस्त छन् ।
यस पटक वडा नं. २ बाट सदस्यका उम्मेद्वारहरु अम्बिका लिम्बु, सिता भुषाल दर्जी, खिलनाथ घिमिरे र चन्द्रकुमार राई रहेका छन् ।
वडा नं. २ का उम्मेद्वारहरुको मुख्य एजेन्डाहरु यस प्रकार रहेका छन् :–
– शिक्षामा विपन्न वर्गका लागि निःशुल्क कक्षा–११, १२, स्नातक र स्नातकोत्तर तहमा पथरी बहुमुखी क्याम्पसमा अध्ययन गर्नका लागि सहज गरिदिने ।
– स्वास्थ्य क्षेत्रमा विपन्न वर्गलाई निःशुल्क वीमा गरिदिने ।
– युवाहरुको लागि स्वरोजगार तालिम अन्तर्गत कम्प्युटर, ड्राइभिङ, इलेक्ट्रोनिक, प्लम्बिङ र कृषि तालिम प्रत्येक वर्ष सञ्चालन गर्ने ।
– सामुहिक युवा कृषि कार्यक्रमलाई आर्थिक अनुदान प्रदान गर्ने, अर्गानिक कृषि बजार प्रवद्र्धन निर्माण गर्ने, सुख्खा क्षेत्रमा विपन्न वर्गलाई बोर्डिङ गाड्न व्यवस्था मिलाउने, उन्नत जातको विउविजन, वार्षिक रुपमा निःशुल्क वितरण गर्ने ।
– वार्षिक रुपमा नगर स्तरीय खेलकुद सञ्चालन गर्ने ।
– ‘हेल्लो हेल्प मि’ कार्यक्रम अन्तर्गत आकस्मिक कार्यक्रमहरु तुरुन्त रेष्पोन्स गरिहाल्ने कार्यक्रम लागू गरिने ।
– मुख्य चौकहरुमा सडक बत्ती, सीसी क्यामेरा र वाईफाइ निःशुल्क जडान गर्ने ।
– असक्त जीर्ण, अपाङ्ग, वृद्धवृद्धालाई घर घरमा भत्ता पु¥याउने कार्य गरिने ।
– विपन्नहरुका घर घरमा शौचालय, खानेपानी अन्तर्गत ट्युवेल निःशुल्क रुपमा गाडिने ।
– बोक्रो चौक पूर्वपट्टि २ सय विगाहको जमिनलाइ सिंचाइ गर्न सुनझोडा खोला कल्भर्ट निर्माण गर्ने ।