‘हरेक ठाउँमा हिँडेर पुग्न सक्छु र आफ्नो जिम्मेवारीलाई पूरा गरेरै छाड्नेछु’– देवीमाया काफ्ले - Crazysaptahik.com

‘हरेक ठाउँमा हिँडेर पुग्न सक्छु र आफ्नो जिम्मेवारीलाई पूरा गरेरै छाड्नेछु’– देवीमाया काफ्ले

 

देवीमाया काफ्ले
उप–प्रमुख पदको उम्मेद्वार
पथरीशनिश्चरे नगरपालिका

नेकपा एमालेकी पथरीशनिश्चरे–६ की भूगोल समेटिएकी उम्दा उम्मेद्वार हुन् देवीमाया काफ्ले । लामो समय कम्युनिष्ट आन्दोलनमा खर्चिएकी काफ्ले निष्ठावान सादगी जीवनकी पर्याय हुन् । किसान आन्दोलन होस् कि अखिल नेपाल महिला संघको आन्दोलनमा उत्तिकै महत्वपूर्ण योगदान दिएकी नेतृ हुन् काफ्ले । स्थानीय निर्वाचनमा आफ्नो उम्मेद्वारीको प्रसङ्गमा गरिएको संवाद :–

तपाईको चुनावी अभियान कस्तो भइरहेको छ ?
– चुनावी अभियान द्रुतगतिमा सञ्चालन गरिसकेका छौं । खासगरी म नगर उपप्रमुखको उम्मेद्वार भएकोले १० वटै वडामा चुनाव प्रचार प्रसार सम्पन्न गरिसकेकी छु ।

तपाईको उम्मेद्वारी खासमा के का लागि ?
– खासमा यो उम्मेद्वारी मेरो भन्दा पनि पार्टीको योजना अनुरुप नै भौगोलिक सन्तुलन मिलाउँदा राम्रो हुन्छ भन्ने हो । त्यसमा पनि दक्षिणतिरकोे भौगोलिक हसन्दह जहिले पनि पिछडिएको र उपेक्षामा परेको ठाउँ हो । विकास निर्माण खासै प्रगति भएको छैन । उपेक्षामा परेको हुँदा वडाको दक्षिणतिरबाट मैले उम्मेद्वारी दिने जमर्काे गरेको हुँ । यस वडामा पर्ने खासगरी जमिन प्रशस्त छ । यहाँ धान, गहुँ खेती जस्तो जमिनबाट कृषि क्षेत्रमा उत्पादन बढाएर कृषकलाई आत्मनिर्भर बनाउन सक्छौं । यहाँका विकास निर्माण कछुवाको गतिमा चलिरहेको छ । यस भूगोलबाट म प्रतिनिधित्व भएर आउँदा यस क्षेत्रका जनताहरू हर्षले गदगद भएका छन् । पक्कै पनि विकास निर्माणमा तिव्रता आउनेछ भन्ने विश्वासमा मैले यस भूगोलबाट उम्मेद्वारी दिनुको खास कारण हो ।

तपाईको जितको आधारहरु के–के हुनसक्छ ?
– पहिलो कुरा त भौगोलिक हिसावले मेरो प्रतिनिधित्व क्षेत्रमा पिछडिएको क्षेत्र हो । विकास निर्माणले खासै गति लिन सकेको छैन । म यसै क्षेत्रबाट उठेको प्रतिनिधि पात्र हुँ । यहाँका तमाम समस्यालाई मैले पहिचान गरेको छु । प्रत्येक ठाउँका समस्यालाई नजिकैबाट नियालिरहेको छु । नगरदेखि वडाका समस्याहरु निक्कै थाती रहेका छन् । मैले ति समस्यालाई मेरै समस्याको रुपमा ग्रहण गरेको छु । मैले यिनै नगरपालिकामा जितेको खण्डमा सावधान गर्नेछु । समग्र नगरमा धेरै समस्याहरु छन् शिक्षा, स्वास्थ्य, रोजगार, वन, पर्यटन, पर्यावरण, कृषि, उद्योग जस्ता समस्यालाई अझै परिस्कृत र व्यवस्थित गर्दै लैजानेछु । विकास निर्माण भन्ने बित्तिकै मानिसले बाटो, पैनी, कुलो भन्ने बुझ्दछ । तर, विकासको सर्वाङिगण विकासको पक्षलाई बुझ्नुपर्दछ । हामीले नगर भित्रका तमाम समस्यालाई मैले समाधान गर्दै विकास निर्माणमा लाग्नु नै मेरो जितको आधारहरु हुन् । र, म सामाजिक कार्यमै दिनहरु व्यतित गरिरहेकी थिएँ यो पनि मेरो जितको आधारहरू हुन सक्छन् ।

र अन्त्यमा…?
– उमेरका हिसावले परिपक्क र अनुभव म सँग छ । सामाजिक रुपमा धेरै कामहरु गरेको छु । जनतासँग परोक्ष जोडिएको व्यक्ति हुँ । त्यसैले मैले समाजमा महत्वपूर्ण योगदानका कारण मलाई जनताले एक पटक फैसला गर्ने निर्णय गर्नुहुन्छ भन्ने आश गरेको छु । नगरको उप–प्रमुख पदमा उम्मेद्वार दिएको छु, मलाई लोपलालचा केही पनि छैन । एक पटक विजयी गराएर जनताको सेवा गर्ने अवसर दिनुहुन्छ भन्ने पूर्ण आशावादी छु । धन्यवाद । अन्त्यमा म हरेक ठाउँमा हिँडेर पुग्न सक्छु र आफ्नो जिम्मेवारीलाई पूरा गरेरै छाड्नेछु ।

सम्बन्धित खवर