
नेकपा एमाले पथरीशनिश्चरेका सचिव हुन् भीमकुमार राई । पार्टीको तर्फबाट वडामा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरी पार्टीलाई चलायमान बनाएका भीमकुमार अहिले स्थानीय तहको निर्वाचनमा होमिएका छन् ।
किनकि उनी वडा नं. १ मा नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका प्रत्यासी हुन् । वडा अध्यक्षको उम्मेद्वार बनिसकेपछि उनकै पल्लाभारी हुनेमा वडावासीहरु विश्वस्त छन् । कारण उनको स्वभाव नै त्यस्तो छ कि सबैसँग उत्तिकै घुलमिल र मिलनसार व्यवहार प्रस्तुत गर्छन् । यही कारण उनी सधैं हसिलो फुर्तिलो लुक्समा सजिएका हुन्छन् ।
वडाको चौतर्फी विकासका लागि सधैं लागिपर्ने राईले यस वडाभित्र पर्ने सामुदायिक विद्यालयहरुका समस्याहरु र समाधानका प्रयासरहरु निरन्तर गरिरहन्छन् । सधैं उनको ध्यान समाज सुधारतर्फ नै उन्मुख हुनेगरेको छ ।
सामाजिक कार्य गर्दा यो पार्टी त्यो पार्टी भन्ने उनको बानी छैन । आपत विपत परेका बेला जुनसुकै पार्टीको मान्छे भएपनि आफूले सक्ने सहयोग र उपस्थित भई भौतिक सहयोग गर्न तम्सिहाल्छन् । यी र यस्ता गुणका कारण पनि राई वडावासी माझ लोकप्रिय छन् ।
यस पटक वडा नं. १ बाट सदस्यका उम्मेद्वारहरु बसुन्धरा गुरुङ, आरती विश्वकर्मा, सुरेशकुमार कार्की, पूर्णबहादुर कार्की रहेका छन् ।

वडा नं.को चुनावी प्रतिबद्धताहरु यस प्रकार रहेका छन् :–
– वडा कार्यालय निर्माण गर्ने ।
– वडामा स्मार्ट सिटीको योजनाहरु ल्याइनेछ ।
– वडामा रिङरोडको योजना ल्याई व्यवस्थित सडकहरु निर्माण गरिनेछ ।
– उज्यालो वडाको अवधारणा विकास गरी चौतर्फी उज्यालो पारिने ।
– वडाभित्र रहेका सामुदायिक विद्यालयको गुणस्तर, शिक्षा, प्राविधिक शिक्षा अझ परिष्कृत गर्दै लैजाने ।
– बजार व्यवस्थापनलाई अझ व्यापक सुधार गर्दै लैजाने, बजार भित्र रहेका भित्री बाटोहरु र मूल बाटोलाई अझ व्यवस्थित ढंगले निर्माण गर्दै अघि बढ्ने ।
– वडालाई समृद्ध वडा बनाउने भिजनहरु जतिसक्दो धेरै ल्याउने ।

