वडा नं. १० मा जीवनले जित्ने आधारहरू - Crazysaptahik.com

वडा नं. १० मा जीवनले जित्ने आधारहरू


राजनीतिक जीवनचर्यालाई समाजसेवामा जोडेका सफल व्यक्तित्व । बाम राजनीतिक आदर्शबाट गरिब र निमुखा जनताको जीवनस्तर माथि उकास्नुपर्छ भन्ने मूल मन्त्र जप्ने मोरङको पथरीशनिश्चरे १० को वडाध्यक्ष पदका उम्मेदवार जीवन खतिवडाको ५ दशकको जीवनयात्रामा निस्वार्थ सेवा भावमात्र पाइन्छ ।

पुरानो दुःखकष्टबाट मुक्ति पाउन आफूले नै गर्नुपरेको सङ्घर्ष पुनः आमसर्वसाधारणा जनताले भोग्नु नपरोस् भन्ने चाहना उनमा छ । वडामा अहिलेसम्म प्राविधिक शिक्षाको व्यवस्था हुन नसकेको ययार्थ अवस्था कोट्याउँदे उम्मेदवार खतिवडाले भने– ‘मेरो पहिलो प्राथमिकता भनेको वडामा माध्यमिक विद्यालयसहित प्राविधिक शिक्षाको पहल गर्ने हो ।’

अनुभवी राजनीतिक जीवनले व्यक्तिगत जीवनमा नै गरिब र निमुखाको पक्षमा डटेर लाग्नुपर्छ भन्ने मूल मन्त्र पढाएको हुँदा सबै वर्ग, जाति र समुदायको सर्वाङ्गीण विकास गर्ने लक्ष्य लिएर अघि बढेको उनको भनाइ छ । दिगो आर्थिक विकासलाई आफ्नो मूल लक्ष्य ठान्ने उम्मेदवार खतिवडाले यी कुरालाई नै जितको मुख्य आधार मानेका छन्–
(क) वडामा प्राविधिक शिक्षाको सुरुवात गर्ने
(ख) खेलकुद स्थललाई रङ्गशालाको रूपमा विकास गर्ने
(ग) दीर्घकालीन र दिगो आर्थिक विकासका कार्यकलाप सुरुवात गर्ने
(घ) कालोपत्रे सडकसहित सम्भव भएसम्म ‘उज्यालो वडा’को पहिचान बनाउने
(ङ) स्थानीय उत्पादनको बडावा गरी कृषकका समग्र समस्याको हल गर्ने
(च) ‘जैविक सिमसाग केन्द्र’ को पहिचान राष्ट्रव्यापी बनाउने
(छ) वडा कार्यालयसहित वडामै अस्पतालको स्थापना गर्न पहल गर्ने,
अन्य समकक्षी उम्मेदवारको तुलनामा अनुभवी र परिपक्व नेतृत्व भएकाले माथि लेखिएका कुराहरू ययार्थ रूपमा पूरा गर्ने सन्दर्भमा आफूलाई वडाबासीको अत्यधिक मत दिई जिताउने कुरामा आफू विश्वस्त बनेको उम्मेदवार खतिवडाले बताए । सामूहिक नेतृत्वबाट अझ सजिलैसँग एउटै समान उद्देश्य पूरा हुने हुँदा वडाका सूर्य ध्वजावाहक सदस्यहरू विकास तामाङ, दिलबहादुर कार्की, मिनाकुमारी तामाङ र मनकुमारी विश्वकर्मालाई पनि वडावासीले अध्यधिक मत दिई विजय गराउने उनको भनाइ छ ।

सम्बन्धित खवर