क्रेजी संवाददाता
पथरी । वैशाख ३० मा सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि आजदेखि मतदाता परिचयपत्र वितरण सुरु गरिएको छ । मतदाता परिचय पत्र भोलिसम्म वितरण हुनेछ ।
यस क्रममा, मोरङको पथरी शनिश्चरेमा परिचयपत्र लिन बाँकी रहेका नयाँ मतदाताहरूका लागि आफ्नै मतदान केन्द्रमा परिचयपत्र वितरण गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बुधबार र विहिबार दल तथा उम्मेदवारका प्रतिनिधिसँग छलफल सकी निर्वाचनको सहज प्रक्रिया अघि बढाउने निर्णय गरिनेछ ।
नगरमा २० वटा मतदानस्थलमा ५९ केन्द्र कायम गरिएको छ । पथरी बजार क्षेत्रका रुपमा रहेको वडा नम्बर १ मा सबैभन्दा बढी ७ हजार ६ सय ७९ मतदाता छन् । २ मा ५ हजार ४५, ३ मा ५ हजार ३ सय ७३, ४ मा ५ हजार ६ सय ३७, ५ मा ४ हजार ३ सय ५६, ६ मा ४ हजार ८ सय २२, ७ मा ४ हजार ७३, ८ मा ४ हजार २ सय ९९, ९ मा ४ हजार ९ सय ७० र १० मा ५ हजार ७० जना गरी नगरमा कूल ५१ हजार ३ सय २४ मतदाता रहेका छन् ।