कमिन्सले आईपीएलको बाँकी खेल गुमाउने - Crazysaptahik.com

कमिन्सले आईपीएलको बाँकी खेल गुमाउने

कोलकाता नाइट राइडर्सका खेलाडी प्याट कमिन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको बाँकी खेलहरु गुमाउने भएका छन् । ​कमिन्सले चोटको कारण आईपीएलको बाँकी खेल गुमाउने भएका हुन् ।

कमिन्सको हिप इन्जुरी भएको कोलकाताले जनाएको छ । कोलकत्ताले उनको स्थानमा खेल्ने खेलाडी सार्वजनिक गरेको छैन ।​ कमिन्स श्रीलंकाविरुद्धको टी–ट्वान्टी सिरिजका लागि समेत टिममा छैनन् ।

अष्ट्रेलियाका टेस्ट कप्तान कमिन्सले यो सिजन आईपीएलमा यो सिजन कोलकाताका लागि ५ खेल खेल्दै ७ विकेट लिएका छन् ।

 

सम्बन्धित खवर