क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नं. १ मा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेद्वार भीमकुमार राईले अग्रता कायम राखेका छन् ।
अहिलेसम्मको मत परिणाम हेर्दा राईले ७०२ मत प्राप्त गरेका छन् भने उनलाई नेपाली कांग्रेसका उम्मेद्वार राजेन्द्र बस्नेतले ५५८ मत ल्याएर पछ्याइरहेका छन् ।
यस्तै नेकपा एसका वडा अध्यक्षका उम्मेद्वार धनप्रसाद लिम्बुले २१४, राप्रपाका महेन्द्र कार्कीले ११०, लिम्बुवानका जितबहादुर लावतीले १७ र एनएमओ गणेशप्रसाद घलेले ४३ मत प्राप्त गरेको निर्वाचन अधिकृत खगेन्द्र सुवेदीले जानकारी दिए ।
यो नतिजा वडा नं. १ को १८१० मत गणना हुँदा उम्मेद्वारहरुले प्राप्त गरेको मत हो ।