क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ३ मा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेद्वार विजय लिम्बुले अग्रता कायम राखेका छन् ।
हाल सम्मको मत परिणाम हेर्दा लिम्बुले ७२६ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका घनश्याम कोइरालाले ३३२, एमएनओका विक्रम लिम्बुले ३५, जसपाका पर्शु राम चुङवाङले १५ र राप्रपाका दिपक राज सुवेदीले १० मत प्राप्त गरेका छन् ।
यो नतिजा वडा नं. ३ को १२३४ मत गणना हुँदा उम्मेद्वारहरुले प्राप्त गरेको मत हो ।