पथरीशनिश्चरे २ मा एमालेका नैना राईको अग्रता - Crazysaptahik.com

पथरीशनिश्चरे २ मा एमालेका नैना राईको अग्रता

क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नं. २ मा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेद्वार नैना राईले अग्रता कायम राखेका छन् ।

वडा नं. २ को २२९० मत गणना गर्दा राईले सर्वाधिक १०४८ मत प्राप्त गरेका हुन् । यस्तै नेपाली कांग्रेसका टिका तामाङको ७७१, राप्रपाको जितबहादुर पाठकले ६८, लिम्बुवानका कुलबहादुर लिम्बुले ६४, स्वतन्त्रका घनश्याम भट्टराईले ५३ र एमएनओका पूर्णमाया लिम्बुले ३० मत प्राप्त गरेको निर्वाचन अधिकृत खगेन्द्र सुवेदीले जानकारी दिए । वडा नं. २ मा कूल ३३९३ मत खसेको छ ।

सम्बन्धित खवर