पथरीशनिश्चरे २ मा एमालेका नैना राई विजयी - Crazysaptahik.com

पथरीशनिश्चरे २ मा एमालेका नैना राई विजयी

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे– २ को वडा अध्यक्षमा नेकपा एमालेका नैना राई विजयी भएका छन् ।

विजयी भएका ३७ वर्षीय राईले १४४३ मत प्राप्त गरेका छन् । यस्तै विजयी हुने सदस्यहरु खिलनाथ घिमिरे १४३८, चन्द्रकुमार राईले १४०२, अम्विका लिम्बु १४७७ र सिता दर्जीले १४३४ मत प्राप्त गरे ।

नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेद्वार टिका तामाङले ११११ मत प्राप्त गरे । यस्तै स्वतन्त्र घनश्याम भट्टराईले २०२, राप्रपाका जितबहादुर पाठकले १२५, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका कुलबहादुर लिम्बुले ८०, मंगोल नेशनल अर्गनाइजेसनका पूर्णमाया लिम्बुले ४४ मत ल्याएका छन् ।

सम्बन्धित खवर