पथरीशनिश्चरे ३ मा कांग्रेसका विजय लिम्बुको टिम विजयी - Crazysaptahik.com

पथरीशनिश्चरे ३ मा कांग्रेसका विजय लिम्बुको टिम विजयी

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे–३ को वडा अध्यक्षमा नेपाली कांग्रेसका विजय लिम्बु निर्वाचित भएका छन् ।

अघिल्लो निर्वाचनमा पराजय बेहोरेका लिम्बुले यस पटक १८८५ मत प्राप्त गरी विजयी भएका हुन् । यस्तै विजयी हुने सदस्यहरु चन्द्रप्रकाश चेम्जोङले १४९९, टंकप्रसाद पराजुलीले १३९२, झन्केश्वरी अधिकारीले १६२० र सम्झना नेपालीले १६४९ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेद्वार घनश्याम कोइरालाले १३२८, मंगलो नेशनल अर्गनाइजेसनका विक्रम लिम्बुले ६६, राप्रपाका दिपकराज सुवेदीले ६२ र जसपाका पर्शुराम चुङबाङले २४ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खवर