पथरीशनिश्चरे ४ मा लोकनाथ न्यौपाने विजयी - Crazysaptahik.com

पथरीशनिश्चरे ४ मा लोकनाथ न्यौपाने विजयी

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे–४ को वडा अध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका लोकनाथ न्यौपाने (लोककिरण) विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमप्रसाद न्यौपानेलाई १४ मतको अन्तरले पराजित गर्दै लोकनाथ ९८० मत प्राप्त गरी विजयी बनेका हुन् ।

यसैगरी सदस्यहरु भक्तबहादुर राउत १०३३, उपेन्द्रबहादुर कार्की ९७६, कल्पना श्रेष्ठ १०६७ र मिना विश्वकर्मा १०४७ मत प्राप्त गरी विजयी भएका छन् । विजयी चारै जना नेकपा एमालेका तर्फबाट उम्मेद्वार बनेका हुन् ।

यस्तै एमालेबाट वडा अध्यक्षका उम्मेद्वार बनेका प्रेमप्रसादले ९६६, माओेवादीका अम्बरबहादुर बराइलीले ८३८, मंगोल नेशनल अर्गनाइजेसनका उमेशकुमार राईले २२६, राप्रपाका सुरज मगरले ६२ र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका गजबहादुर लिम्बुले २६ मत प्राप्त गरेका छन् ।

अघिल्लो चुनावमा यस वडामा माओवादीका तर्फबाट गोविन्द भण्डारीको प्यानलले नै जितेको थियो ।

सम्बन्धित खवर