क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे–६ को वडा अध्यक्ष सहित प्यानलै नेपाली कांग्रेसले विजयी हासिल गरेको छ ।
वडा अध्यक्षका उम्मेद्वार कृष्ण कुमार बस्नेतले १३६७ मत प्राप्त गर्दै विजेता बनेका हुन् । यस्तै सदस्यहरुमा विजय मण्डल चन्द्रवंशीले १३९६, विष्णुकुमार लिम्बुले ११८४, शान्ता थापाले १३७६ र उज्वला वयलकोटीले १३९२ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
अध्यक्ष पदका लागि बस्नेतका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निर्मल कटुवालले १३५३ मत प्राप्त गरेका थिए । बस्नेतले १४ मत अन्तरले वडा अध्यक्षमा बाजी मारेका हुन् ।