क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ७ मा नेकपा एमालेको वडा अध्यक्ष उद्धवराज बस्नेतको टिम विजयी भएको छ ।
अध्यक्ष बस्नेतले ८७४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतन राईले ८६३ मत प्राप्त गरेका छन् । बस्नेत ११ मत अन्तरले विजयी भएका हुन् ।
यसैगरी वडा अध्यक्षका उम्मेद्वारहरु माओवादीका मोहन लिम्बुले ७१६, मंगोलका दिलिप घिसिङ तामाङले ४३, राप्रपाका लोकनाथ दाहालले १८ मत प्राप्त गरेका छन् ।
यस्तैगरी सदस्यहरु नरेशबहादुर राईले ९७२, मनिकुमार लिम्बुले ९४५, सपना राईले ९९२ र उषा लम्जेलले ९६३ मत प्राप्त गरी विजयी भएका छन् ।