क्रेजी संवाददाता
पथरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पथरीशनिशचरे नगरपालिका कमिटीले आफ्ना उम्मेद्वारहरुको विजयको खुशीमा विशाल विजयोत्सवको आयोजना गरेको छ ।
शनिबार पार्टी कार्यालय रत्नचौकबाट सुरु गरिएको विजयोत्सव पशुपतिचौक, बिष्ट लाइन, मन्दिर लाइन हुँदै शिखर चौक, हनुमान चौक हुँदै वडा नं. ३ को विरेन्द्रनगरमा पुग्यो । त्यस पश्चात् पीपल चौक, सुन्दरी चौक हुँदै हसन्दह बजार पुगेको थियो । चर्काे घाम र गर्मीको कुनै प्रवाह नगरी उत्साहित विजयोत्सव भोटेघुम्ती, किरात चौक, लामोटोली, बुद्ध चौक, पुलचौक, किर्तिपुर हुँदै भातेगौडा पुगेको थियो ।
यसरी क्रमशः कुशल चौक बजार, शनिश्चरे बजार, महेन्द्र चौक, रिगुवा, मंगलबारे डाँडा हुँदै पथरीको जाँते मोडमा भव्य समापन कार्यक्रम गरिएको थियो ।
विजयोत्सव सँगसँगै ठाउँठाउँमा कोणसभामा नेताहरुले सम्वोधन पनि गरिएका थिए । पार्टी कार्यालय रत्नचौकमा दिलिपकुमार राई, आइतबारे विरेन्द्रनगरमा रामकुमार बस्नेत, हसन्दहमा ऋषिकेश पोखरेल, किरातीचौकमा देवराज भण्डारी, बुद्धचौकमा उपमेयर देवीमाया काफ्ले, किर्तिपुरमा पर्शुराम मिश्र, शनिश्चरे बजारमा मेयर मोहनप्रसाद तुम्वापो, जाँते मोडमा युवराज बास्कोटाले सम्वोधन गरेका थिए ।
स्थानीय तहको प्रथम निर्वाचनमा नेकपा एमालेबाट नगर प्रमुख, उपपमुख सहित बहुमत संख्यामा विजय हाँसिल गरेको पथरीशनिश्चरेमा यो पटकको दोस्रो निर्वाचनमा पनि सोही विरासत कायम राखेको छ ।