क्रेजी संवाददाता
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका मेघहाङ थोप्रा (रोशन) र उपप्रमुखमा नरमाया कार्की विजयी हुनुभएको छ ।
गठबन्धन तर्फका नेपाली कांग्रेसका पर्शुराम ढुंगानालाई भारी मतअन्तरले पराजित गर्दै थोप्रा विजयी हुनुभएको हो । यस्तै उपमेयरमा नेकपा एमालेकी नरमाया कार्की विजयी हुनुभएको छ । गठबन्धन तर्फका नेकपा माओवादी केन्द्रका महेन्द्र भट्टराईलाई पराजित गर्दै कार्की विजयी हुनुभएको हो ।
थोप्राले १६ हजार ४९८ मत आएको छ भने ढुंगानाले १३ हजार ५० मत प्राप्त गर्नुभयो । त्यसैगरी उपमेयरमा विजयी कार्कीले १४ हजार १ सय ५५ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्दी भट्टराईले ९ हजार ५ सय २५ मत प्राप्त गर्नुभएको थियो । शिवसताक्षी नगरपालिकाको वडा नं १, ४, ५, १० र ११ नेकपा एमालेको प्यानलै विजयी भएको छ ।