क्रेजी संवाददाता
पथरी । मोरङ पथरीशनिश्चरे ३ का जीतबहादुर श्रेष्ठलाई ५० हजार सहयोग रकम हस्तान्तरण गरिएको छ । विद्युत विस्तारमा काम गर्ने श्रेष्ठ सडक दुर्घटनामा परी ढाँडको मेरुमण्द भाचिएर गम्भीर घाइते अवस्था छन् ।
वैदेशिक रोजगारीको लागी कोरियामा रहेका नेपाली युवाहरुले संकलन गरि नगद ९४ हजार रुपैयाँ पठाएको रकम हस्तान्तरण गरिएको हो । स्थानीय कुशल जनप्रतिनिधि कासीहाङ राईको उपस्थितिमा सो रकम प्रदान गरिएको हो ।
८ गते राति फ्युजको समस्या भएर अबेरसम्मा काम गरिसकेर साथीलाई शनिश्चरे घरमा पु¥याई आफू किरातचौक आउने क्रममा सडक दुर्घटनामा परेका थिए ।
मोटरसाइकलमा सवार श्रेष्ठ दुर्घटनामा परेको स्थानीयवासीले राति थाहा नपाएपछि ९ गते बिहान करिब ४ बजेको समयमा मात्रै उदार गरी उपचारको लागि अस्पताल पठाएको आफन्तले जानकारी दिए ।