पथरीशनिश्चरे ७ मा स्वागत तथा विदाइ कार्यक्रम - Crazysaptahik.com

पथरीशनिश्चरे ७ मा स्वागत तथा विदाइ कार्यक्रम

ईस्वर दुलाल
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ७ मा नव निर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा निवर्तमान जनप्रतिनिधिलाई बिदाई कार्यक्रम गरिएको छ ।

बुधबार वडाको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी स्वागत तथा बिदाई कार्यक्रम गरिएको हो । नव निर्वाचित पदाधिकारीहरु वडा अध्यक्ष उद्धवराज बस्नेत, महिला सदस्य सपना राई, दलित महिला सदस्य उषा लम्जेल, खुल्ला सदस्य नरेश राई र मणि लिम्बु लगायत सम्पूर्ण निर्वाचित प्रतिनिधिलाई निवर्तमान अध्यक्ष कपिलमणि ढकाल, सदस्यहरु काशीहाङ राई, बिरोज मगर, कुमारी रोका, मैनाकुमारी लिम्बु राईले अविर र खदा लगाएर सामुहिक रुपमा स्वागत गर्नुभएको थियो ।

यस्तैगरी नव निर्वाचित प्रतिनिधिहरुले अविर, खादा र सम्मान पत्र प्रदान गरेर निवर्तमान प्रतिनिधिहरुलाई बिदाई गर्नुभएको थियो ।
कार्यक्रममा निवर्तमान पदाधिकारीहरुले वडाका कर्मचारीहरुलाई सम्मान पनि गरेको थियो । सम्मान हुने कर्मचारीहरुमा वडाका सचिव सरोज भट्टराई, प्राविधिक विनिता बास्कोटा, स्वास्थ शाखाबाट रविना तामाङ, अम्बिका थापा, कार्यालय सहयोगी सम्झना राई, सिताराम लुईटेल, गोमा गहतराजलाई वडाले सम्मान पनि गरेको थियो ।

सो कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष ढकालले भन्नुभयो– जनताको मनोभावना बुझेर वडाको विकासमा अघि बढ्नु होला । घोषणा पत्रमा उल्लेख भएका कामहरु कुसलतापूर्वक पूरा गर्दै वडामा आएका, देखीएका समस्याहरुलाई पूरागर्दै जानु होला ।’

सम्बन्धित खवर