क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिशचरे वडा नं. ८ मा अतिथि सत्कारका लागि खादा, ब्याचमा खर्च नगर्ने र शववाहन निःशुल्क गर्ने वडाअध्यक्ष नविनजंंग कार्कीले घोषणा गरेका छन् ।
वडाका नव निर्वाचित वडा अध्यक्ष कार्कीले बुधबार पदबहाली गर्दै आफ्नो कार्यकालभरि वडाको बजेटले खादा, ब्याचमा खर्च नगर्ने साथै आफूले पाएको मत बराबर वृक्षरोपण गर्ने, वडा भित्रका नागरिकको मृत्यु भएमा घरदेखि घाटसम्म निःशुल्क शववाहन उपलब्ध गराउने घोषणा गरेका छन् ।
स्थानीय निकायको निर्वाचनमा पथरीशनिश्चरे नगरपालिकामा सबैभन्दा धेरै मतान्तरले निर्वाचित हुने कार्की नगरकै कान्छा जनप्रतिनिधि हुन् ।
स्थानिय निकायको निर्वाचनमा पथरी शनिश्चरे नगरपालिकामा सबभन्दा धेरै मतान्तरले निर्वाचित हुने नगरकै कान्छा जनप्रतिनिधि कार्की नेपाल कम्युनिस्ट पार्टी ९एमाले० बाट निर्वाचित भएका हुन ।
कार्यक्रममा पुर्ब वडाअध्यक्ष बाबुराम दाहाल, सदस्य शुक्र लिम्बु, समाजसेवी प्रकाश कार्की, फुलाराम चौधरी, सुरेन्द्र चापागाइ लगाएतको उपस्थिति रहेको थियो ।