वडा नं. १ को कार्यालय सुचारु, अध्यक्ष राईद्वारा तीन प्रतिबद्धता जाहेर - Crazysaptahik.com

वडा नं. १ को कार्यालय सुचारु, अध्यक्ष राईद्वारा तीन प्रतिबद्धता जाहेर

ईश्वर दुलाल
पथरी । मोरङको पथरीशनिश्चरे १ नं. वडा कार्यालयको सेवा आजबाट सुचारु भएको छ । स्थानीय निर्वाचनपछि नव निर्वाचित जनप्रतिनिधिहरूको पर्खाइमा रहेको वडा कार्यालय बुधबारबाट औपचारिक रुपमा सुचारु भएको हो ।

आज बिहान स्थानीय धार्मिक स्थल शिवालय मन्दिर (मन्दिर लाईन) र भूल्केदेवीको मन्दिरमा विधिवत रुपमा पुजा गरी वडाको सेवा सुचारु गरेको नव निर्वाचित वडा अध्यक्ष भीमकुमार राईले जानकारी दिनुभयो ।

राईले क्रेजी साप्ताहिकसँगको भेटमा भन्नुभयो– ‘जनताको विश्वासलाई कदर गर्नेछु, चुनावका बेला गरेका बाचाहरु सबै पूरा गर्नेछु साथै घोषणा पत्रमा उल्लेख गरेका सबै कार्यहरु पूरा गर्दै वडामा आएको समस्याहरुको समाधानमा जुट्छु ।’

राईले औपचरिक रुपमा विपन्न परिवार १ सय घरलाई निःशुल्क वीमा गरी दिने, वडा नम्बर १ का १४०५ घर धुरीलाई ८ लाख ४३ हजार बराबरको खाने पानीमा अनुदान दिने तथा वडाका काममा पनि सरकारी सवारी साधनको प्रयोग नगर्ने प्रतिद्धता जाहेर गर्नुभयो ।

नव निर्वाचित वडाध्यक्ष राईसँगै वडा सदस्यहरु बसुन्धरा गुरुङ, आरती विश्वकर्मा, सुरेश कुमार कार्की र पुर्ण बहादुर कार्की नेपाल कम्युनिष्ट पार्टी एमालेबाट प्यानलै विजयी भएका हुन् ।

सम्बन्धित खवर