क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरेमा नव निर्वाचित नगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुलाई आज पथरी बहुमुखी क्याम्पसले सम्मानित गरेको छ ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष रामकुमार वस्नेतको अगुवाईमा नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्लेका साथै क्रमशः वडाध्यहरु भीमकुमार राई, नैना राई, विजय लिम्बू, लोकनाथ न्यौपाने, चेतेन्द्र खडका, कृष्णकुमार बस्नेत, उद्धवराज वस्नेत, नवीन कार्की र जीवन खतिवडालाई कदरपत्रले सम्मानित गरिएको हो ।
वधाई तथा शुभकामना कार्यक्रमा नगरको एकमात्र उच्चशिक्षा हासिल गर्ने समुदायस्तरको क्याम्पस सञ्चालनमा भएको आर्थिक कठिनाइलाई सहज बनाउँदै लान जनप्रतिनिधिहरुको पहल आवश्यक रहेको सञ्चालक समितिले जानकारी गरायो । क्याम्पसका लागि आफुहरुले सक्दो टेवा पुर्याउने नगर प्रमुख तुम्वापो सहितका जनप्रतिनिधिले उल्लेख गर्नुभयो ।