क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरको नव निर्वाचित उपप्रमुख देवीमाया काफ्लेले नगरमा रहेका महिलाहरु उद्यमी बनेर आत्मनिर्भर वन्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले आज वडा नम्बर १ स्थित समुन्नत महिला सहकारीको समन्वयमा घरेलु तथा साना उद्योग कार्यालय विराटनगरले महिलाहरुका लागि आयोजना गरेको झोला निर्माण सम्बन्धी १ महिने तालिमको समापनका अवसरमा बोल्दै सो कुरामा जोड दिनु भएको हो । कार्यक्रममा बोल्दै उहाँले नगरले पनि महिलाहरुको आत्मनिर्भरताका लागि सिपमुलक तालिम प्रदान गर्दै आएको र त्यसलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने बताउनु भयो ।
कार्यक्रममा, १ नम्बर वडाध्यक्ष भीमकुमार राईले पनि महिला तथा युवाहरुको आत्मनिर्भरताका कार्यक्रममा जोड दिने बताउनुभयो ।
समुन्नत सहकारीकी अध्यक्ष तारा निरौला, लेखा संयोजक राधिका गौतम, घरेलु तथा साना उद्योग कार्यालयका जिल्ला प्रमुख पाक्रम खाँ, तालिमको प्रमुख प्रशिक्षक कल्पना राई सहितले मन्तव्य व्यक्त गर्नुभयो ।