पथरीमा युवा संघ नेपालको विरोध कार्यक्रम - Crazysaptahik.com

पथरीमा युवा संघ नेपालको विरोध कार्यक्रम

क्रेजी संवाददाता
पथरी । मोरङ पथरीशनिश्चरेमा पेट्रोलियम पदार्थ, ग्यास लगायत खाद्यान्नमा भएको मूल्य वृद्धिको घोर भत्र्सना गदै बिरोध गरिएको छ ।

राष्ट्रिय युवा संघ नेपाल पथरीशनिस्चरे नगर कमिटीको आयोजनामा विहिबार पथरी बजार परिक्रमा गर्दै महेन्द्र राजमार्गमा कोडसभा गरिएको थियो ।

सो विरोध कार्यक्रममा प्रमुख अतिथि मोरङ जिल्ला कमिटी सदस्य युमना बिस्ट, विशिस्ट अतिथि युवा संघ प्रदेश कमिटी सह–सचिव मनि लिम्बु, केन्द्रीय कमिटी सदस्य भक्त राई, संजिब गिरी लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित खवर