क्रेजी संवाददाता
शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ७ मा स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरी कार्यालयको दैनिक कार्य सुचारु गरेका छन् ।
शुक्रबार नव निर्वाचित वडा अध्यक्ष भवानी विक्रम चेम्जोङ, सदस्यहरू विक्रम योङहाङ, पुजा नेपाली, इन्द्रकुमारी श्रेष्ठ र सुरेश राजवंशीले आफ्नो कार्यआरम्भ गरेका हुन् ।
पदभार ग्रहणसँगै वडाका जनप्रतिनिधिहरुले ४ वटा प्रतिवद्धता जाहेर गरेका छन् । जसअन्तर्गत अति विपन्न परिवारको पहिचान गरी १ सय परिवारको वीमा गरिने, आवश्यक ठाउँ हेरी हेमपाइप र बाटो ग्राभेल गर्ने, विद्यालयहरुको भौतिक संरचना निर्माण गरी शिक्षामा आवश्यक सहयोग गर्ने र धौलेचौकदेखि चन्द्रडाँगी जाने सतासी खोलामा झोलुङ्गे पुल निर्माण गरिने ।
सो कार्यक्रममा वडा तथा नगरका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।