क्रेज संवाददाता
पथरी । पथरीशनिश्चरे–२ मा स्थापित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नव निर्वाचित जनप्रतिनिधिहरुलाई एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।
संस्थाको सेयर सदस्य समेत रहनुभएका नव निर्वाचित जनप्रतिनिधिहरु क्रमशः वडा नं. २ का वडा अध्यक्ष नैना राई र वडा सदस्य चन्द्रकुमार राई, वडा नं. ३ का वडा अध्यक्ष विजय लिम्बु, वडा नं. ४ का वडा सदस्य भक्तबहादुर राउत, वडा नं. ६ का वडा सदस्य उज्वलता बयलकोटी र वडा नं. ७ का वडा अध्यक्ष उद्धवराज बस्नेत र वडा सदस्य मनिकुमार लिम्बु सम्मानित भएका छन् ।
सम्मानित व्यक्तित्वहरुलाई संस्थाका अध्यक्ष धनराज राई सहित प्रमुख सल्लाहकार दिलबहादुर तामाङ र सल्लाहकार हर्कबहादुर राईले सम्मान पत्र र दोसल्लाले सम्मानित गर्नुभएको थियो ।
सम्मान कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार दिलबहादुर तामाङ र अध्यक्ष धनराज राईले बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो भने नवनिर्वाचित जनप्रतिनिधिहरुको तर्फबाट वडा नं. २ का वडा अध्यक्ष नैना राई, वडा नं. ३ का वडा अध्यक्ष विजय लिम्बू र वडा नं. ७ का वडा अध्यक्ष उद्धवराज बस्नेतले शुभकामना ग्रहणसहित आफ्नो मन्तव्य राख्नुभएको थियो ।