भागिरथ माविद्वारा निर्वाचित जनप्रतिनिधिहरु सम्मानित - Crazysaptahik.com

भागिरथ माविद्वारा निर्वाचित जनप्रतिनिधिहरु सम्मानित

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरेमा नव निर्वाचित नगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुलाई आइतबार भागिरथ माविले सम्मान गरेको छ ।

नगरको वडा नम्बर ४ मा स्थापित भागगिरथ मा.विले नव निवार्चित जनप्रतिनिधिहरूलाई आईतकार एक कार्यक्रमको आयोजना गरि बधाई, शुभकामना तथा सम्मन गरेको हो ।

विद्यालयले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्लेका साथै वडा म्बर १ का अध्यक्ष भीमकुमार राई, ४ नम्बर वडाका अध्यक्ष लोकनाथ न्यौपाने, ५ नम्बर वडा अध्यक्ष चेतेन्द्र खडका, ७ नम्बर वडाका अध्यक्ष उद्धवराज वस्नेत, र १० नम्बर वडाका अध्यक्ष जीवन खतिवडालाई बधाई, शुभकामना एवम् सम्मन गरिएको हो ।

वधाई, शुभकामना एवम् सम्मन कार्यक्रमा नगरको एकमात्र कृषि बिज्ञान पढाइ हुने विध्यालय यस भागिरथ मावि रहेको साथै यस सञ्चालनमा भएको आर्थिक कठिनाइलाई सहज बनाउँदै लान जनप्रतिनिधिहरुको पहल आवश्यक रहेको विध्यालयले जानकारी गरायो ।

नेपाल कृषि प्रदान देश हो । कति पय ठाउँमा कृषिको कुरा गर्दा नाक खुम्चाउने गर्नुहुन्छ । हाम्रो जीवन कृषिमानै निहित भएकाले विध्यालयका लागि आफुहरुले सक्दो टेवा पुर्याउने नगर प्रमुख तुम्वापो सहितका जनप्रतिनिधिले उल्लेख गर्नुभयो ।

कार्यक्रममा नि वर्तमान नगरप्रमुख दिलिपकुमार राई, पथरी शनिश्चरे ४ नम्बर वडाका निवर्तमान अध्यक्ष गोविन्दबहादुर भणडारी, पूर्व विध्यालय ब्यवस्थापन समिति अध्यक्ष देविप्रसाद तिम्सिना, शिक्षक अभिभावक संगका अध्यक्ष कुलप्रसाद न्यौपाने, पूर्व प्रध्यानाध्यपकहरू डिल्लिराज दाहाल र कृष्णाबहादुर कार्की लगायतको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा विध्यालय ब्यवस्थापनका सदस्य चम्पादेवि भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई सहायक प्रधानाध्यापक सैलेन्द्र दाहालले संन्चालन गर्नुभएको थियो ।

सम्बन्धित खवर