क्रेजी संवाददाता
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा ८ जना कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
नगरपालिकामा नव निर्वाचित कार्यपालिका सदस्यहरुलाई आज प्रमाण–पत्र वितरणको साथै सफत ग्रहण गराइएको छ ।
८ जना सदस्य मध्ये अल्पसंख्यक सदस्यमा पदम धिमाल र दलितहरूमा वीरध्वज शिवा (नेपाली) र अञ्जना दर्जी मनोनित भएका हुन् ।
यसैगरी महिला सदस्यहरुमा सीता दर्जी, कल्पना श्रेष्ठ, तुलशा कार्की, शान्ता योङहाङ र मिना तामाङ कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् ।
नगरमा एमालेको एकल बहुमत भएको कारण सम्पूर्ण कार्यपालिका सोही पार्टीबाट निर्विरोध निर्वाचित भएका हुन् ।
नव निर्वाचित कार्यपालिका सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत खगेन्द्र सुबेदीले प्रमाण–पत्र वितरण गर्नुभएको थियो । यस्तैगरी नगर प्रमुख मोहनप्रसाद तुम्बापोले सफत ग्रहण गराउनुभएको थियो ।