चट्याङले ताप्लेजुङमा लागेर बालकको मृत्यु, बाबु र आमा घाइते - Crazysaptahik.com

चट्याङले ताप्लेजुङमा लागेर बालकको मृत्यु, बाबु र आमा घाइते

क्रेजी संवादाता ।
ताप्लेजुङ । बुधबार राति चट्याङले लागेर १ बालकको मृत्यु भएको छ । बाबु र आमा घाइते भएका छन् । मैवाखोला गाउँपालिका–४ ताम्राङका ४७ वर्षीय दारेन्जेन शेर्पाको घरमा राति ८ः३० बजेतिर चट्याङ परेको थियो ।

चट्याङले लागेर उनका १० वर्षीय छोरा फूर्वा दोर्ची शेर्पाको मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । चट्याङले फूर्वासहित उनका बुवा दारेन्जेन र आमा ४७ वर्षीया निङ्मा ल्हामु शेर्पा घाइते भएका थिए ।

तीनै जना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा गम्भीर अवस्थाका फूर्वाको बिहीबार बिहानका राति १ः४० बजेतिर बाटैमा मृत्यु भएको हो । अस्पताल पुर्याएपछि उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

घाइते अवस्थाका दारेन्जेन र निङ्माको भने उपचार जारी छ । दुवै जनाको अवस्था सामान्य रहेको रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर