बेन्जेमाको कीर्तिमानी ह्याट्रिकसँगै रियल विजयी - Crazysaptahik.com

बेन्जेमाको कीर्तिमानी ह्याट्रिकसँगै रियल विजयी

करिम बेन्जेमाको ह्याट्रिकको मद्दतले रियल मड्रिडले अल्मेरियालाई ४–२ गोलअन्तरले हराएको छ । योसँगै बेन्जेमा २३६ गोलसहित ह्युगो सान्जेचलाई उछिनेर ला लिगाको इतिहासमा सर्वाधिक गोलकर्ताको सूचीमा चौथो स्थानमा उक्लिएका छन् ।

३५ वर्षीय फ्रेन्च फरवार्डभन्दा अघि टेल्मो जारा (२५२ गोल), क्रिस्टियानो रोनाल्डो (३११ गोल) र लियोनेल मेस्सी (४७४ गोल) मात्र रहेका छन् । बेन्जेमाले खेलको पाँचौँ मिनेटमा नै रियललाई अग्रता दिलाएका थिए ।

१७ औँ मिनेटमा रोड्रिगोको पासमा उनले अग्रता दोब्बर बनाए । ४२ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बेन्जेमाले आफ्नो ह्याट्रिक पुरा गरे । पहिलो हाफको इन्जुरी समयमा लार्गी रामाजानीले अल्मेरियका लागि एक गोल फर्काएका थिए ।

दोस्रो हाफको सुरुवातमा नै रोड्रिगोले गोल गर्दै पुनः रियलको अग्रता फराकिलो पारे । ६१ औँ मिनेटमा लुकास रोबर्टोनले उत्कृष्ट गोल गर्दै अल्मेरियालाई फर्काउने प्रयास गरे पनि त्यसपछि कुनै गोल हुन सकेन ।

३२ खेलबाट रियल ६८ अंक बटुल्दै लिगको दोस्रो स्थानमा रहेको छ । अल्मेरियाल ३३ अंकसहित लिगको १५ औँ स्थानमा छ ।

सम्बन्धित खवर