बार्सालाई ११ अंकको अग्रता - Crazysaptahik.com

बार्सालाई ११ अंकको अग्रता

बार्सिलोनाले १० खेलाडीमा सीमित रियल बेटिसलाई हराउँदै स्पेनिस ला लिगको शीर्ष स्थानमा ११ अंकको अग्रता कायम राखेको छ । शनिबार राति भएको खेलमा बार्साले ४–० शानदार जीत हासिल गरेको हो ।

बार्सिलोनाको जीतमा आन्द्रेस क्रिस्टिएन्सन, रोबर्ट लेवान्डोस्की र राफिनाले एक–एक गोल गरे । त्यस्तै, टोलीले गुईडो रोड्रिग्वेजको आत्मघाती गोल उपहार पाएको थियो । एडगर गोन्जालेसले दुईवटा पहेँलो कार्ड पाएपछि खेलको ३३ औँ मिनेटमा बेटिस १० खेलाडीमा सीमित बनेको थियो ।खेलमा लामिन यामाल ला लिगामा बार्सिलोनाका लागि खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् ।

८४ औँ मिनेटमा मैदानमा प्रवेश गरेका यामाल १५ वर्ष २९० दिनका हुन् । उनी लिग खेल्ने सबैभन्दा कम उमेरका खेलाडीको सूचीमा पाँचौँ स्थानमा छन् । यसअघि सन् २०२० मा रियल मड्रिडविरुद्ध मायोर्काका लुका रोमेरो ला लिगामा सबैभन्दा कम उमेरमा लिग खेल्ने खेलाडी बनेका थिए ।

उनी १५ वर्ष २१९ दिनका थिए ।जीतपछि बार्सिलोनाको ३२ खेलबाट ७९ अंक रहेको छ । योसँगै बार्साले लिग जित्ने नजिक पुगेको छ ।

सम्बन्धित खवर