हालान्डको ५० औँ गोल, सिटी शीर्ष स्थानमा - Crazysaptahik.com

हालान्डको ५० औँ गोल, सिटी शीर्ष स्थानमा

अर्लिङ हालान्डको सिजनको ५० औँ गोलको मद्दतले म्यानचेस्टर सिटीले फुलहमलाई हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा सिटी २–१ गोलले विजयी भएको हो ।

खेलको तेस्रो मिनेटमा पेनाल्टीबाट गोल गर्दै हालान्डले टोलीलाई अग्रता दिलाएका थिए । योसँगै उनी सन् १९३१ मा एस्टन भिल्लाका टोम ‘पोंगो’ वारिङ पछि बेलायतको शीर्ष लिगमा एकै सिजनमा ५० गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

त्यस्तै, नर्वेजिन स्ट्राइकरले प्रिमियर लिगको एकै सिजनमा सबैभन्दा बढी गोल गर्ने रेकर्ड पनि बराबरी गरेका छन् । एन्डी कोल र एलन सिएररले एकै सिजन ३४ गोल गरेका थिए । १५ औँ मिनेटमा कार्लोस भिनिसियसले खेल बराबरी गरे पनि ३६ औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।

जीतसँगै ३२ खेलबाट ७६ अङ्क बटुल्दै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको छ । फुलहम ४५ अङ्कसहित लिगको १० औँ स्थानमा रहेको छ ।

सम्बन्धित खवर