१० खेलाडीमा सीमित पीएसजी स्तब्ध - Crazysaptahik.com

१० खेलाडीमा सीमित पीएसजी स्तब्ध

१० खेलाडीमा सीमित पेरिस सेन्ट जर्मेन लोरिएन्टसँग आफ्नै घरेलु मैदानमा ३–१ गोलले पराजित भएको छ । सन् २०२३ का सबै प्रतियोगितामा टोलीको यो नवौँ हार हो । खेलको १५ औँ मिनेटमा एन्जो ले फिले गोल गर्दै लोरिएन्टलाई अग्रता दिलाएका थिए ।

खेलको २० औँ मिनेटमा अचरफ हाकिमीले दोस्रो पहेँलो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा सीमित बनेको थियो । यसका बाबजुद २९ औँ मिनेटमा किलियान एम्बाप्पेले बराबरी गोल फर्काए ।

तर, ३९ औँ मिनेटमा योङ्वाले गोल गर्दै लोरिएन्टलाई पुनः अग्रता दिलाए । ८७ औँ मिनेटमा डेइङले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । पाँच खेल बाँकी छँदा पीएसजी लिग वानको शीर्ष स्थानमा दोस्रो स्थानमा रहेको मार्सेभन्दा ५ अङ्कले अघि रहेको छ ।

सम्बन्धित खवर