नेपाललाई सातौँ सफलता - Crazysaptahik.com

नेपाललाई सातौँ सफलता

एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले सातौँ विकेट लिएको छ । सन्दीप लामिछानेले ५ रन बनाएका यूएईका आयान अफजल खानलाई आफ्नो शिकार बनाएका हुन् । खेलमा उनको यो दोस्रो विकेट हो ।

यूएईले ७ विकेटको क्षतिमा १ सय ३ रन बनाएको छ ।यसअघि नेपालका लागि करन केसीले दुई तथा गुल्सन झा सोमपाल कामी र ललित राजवंशीले एक विकेट लिएका थिए । आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ ।

नेपाल अहिलेसम्म सो प्रतियोगितामा छनोट भएको छैन । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पहिलोपटक सो प्रतियोगिता खेल्न चाहन्छ ।

सम्बन्धित खवर