भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य - Crazysaptahik.com

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य


क्रेजी संवादाता ।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको मूल्यको विवरण दिएको छ ।निगमका अनुसार पेट्रोल लिटरमा चार रुपैयाँ ३३ पैसा तथा डिजेलमा चार रुपैयाँ ११ पैसा मूल्य घटेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले पनि सोही अनुसार घटेको मूल्य निगमलाई पठाएको हो । डिजेल, पेट्रोलको मूल्य घटेर आए पनि नेपालमा बिक्री मूल्य घटाउनेबारे निगम कुनै निर्णय लिइसकेको छैन ।

सम्बन्धित खवर