लेस्टर सिटी र एभर्टन बराबरीमा रोकिँदै अङ्क बाँडे - Crazysaptahik.com

लेस्टर सिटी र एभर्टन बराबरीमा रोकिँदै अङ्क बाँडे

लेस्टर सिटी र एभर्टनले बराबरी खेलेर अङ्क बाँडेका छन् । इङ्लिस प्रिमियर लिगमा लेस्टर र एभर्टनले २–२ गोलको बराबरी खेलेर अङ्क बाँडेका हुन् । किङ्स पावर स्टेडियम लेस्टरमा सोमबार राति भएको खेलको पहिलो हाफको १५औँ मिनेटमा डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए ।

लेस्टरका काल्भर्ट लेविनले २२औँ मिनेटमा गोल फर्काए पछि खेल १–१ गोलको बराबरीको अवस्थामा रहन पुग्यो । तर, जेमी भार्डीले ३३औँ मिनेटमा गोल गरेपछि लेस्टर २–१ को अग्रता लिन सफल भयो । र, पहिलो हाफ २–१ को अन्तरमा टुङ्गियो ।

दोस्रो हाफको ५४औँ मिनेटमा एलेक्स इओवीले गोल गर्दै एभर्टनलाई लेस्टरसँग बराबरीको अवस्थामा ल्याइदिए ।यस बराबरीसँगै लेस्टर ३४ खेलबाट ३० अङ्क बटुल्दै १६औँ स्थानमा छ भने एभर्टन समान ३४ खेलबाटै २९ अङ्क बटुल्दै १९औँ स्थानमा छ ।

सम्बन्धित खवर