सहिद स्मारक ’ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै - Crazysaptahik.com

सहिद स्मारक ’ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै छन् ।एन्फा कम्प्लेक्स जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । जावलाखेल १३ खेलबाट २४ अङ्क जोडेर शीर्ष स्थानमा छ भने पुलिसले १२ अङ्कमा सीमित छ ।

यसैगरी, च्यासल खेल मैदानमा थ्री स्टार क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । सो खेल पनि दिउँसो ३ बजेबाट नै सुरु हुनेछ । थ्रि स्टारले १३ वटा खेलबाट ६ वटामा जित हासिल गर्दै २२ अङ्क बटुलेको छ भने समान १३ खेलमा ४ खेलमा मात्रै जित हासिल गरेको खुमलटारको १३ अङ्कमा सीमित छ ।

यस सिजनको लिगमा १४ वटा क्लब सहभागी रहेका छन् । डबल राउण्ड रोविन प्रणालीका आधारमा लिगका खेलहरू भइरहेको छन् ।

सम्बन्धित खवर