प्रशिक्षकले भन्नुभएजस्तै मैले आफ्नो ‘स्ट्रेन्थ’मा खेलेँ : गुल्सन झा - Crazysaptahik.com

प्रशिक्षकले भन्नुभएजस्तै मैले आफ्नो ‘स्ट्रेन्थ’मा खेलेँ : गुल्सन झा

एसीसी प्रिमियर कपको फाइनलमा ‘प्लेअर अफ द म्याच’ बनेका गुल्सन झाले आजको खेलमा आफूले प्रशिक्षक मोन्टी देसाईको सुझाव अनुसार आफ्नो स्ट्रेन्थमा खेलेको बताएका छन् । झाले ८४ बलमा ६७ रन बनाएपछि नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको हो ।

अवार्ड लिँदै झाले भने, ‘प्रशिक्षकले आफ्नो स्ट्रेन्थमा खेल्नु भन्नुभएको थियो । मैले त्यही सोचेर खेले । प्रशिक्षकले तिमी माथिल्लो क्रममा खेल्न सक्छौ भन्नु भयो ।

प्रशिक्षकले नै हौसला बढाएपछि खेलका लागि म तयार थिएँ ।’यूएईलाई हराउँदै नेपालले यो वर्ष पाकिस्तानमा हुने एसिया कपमा स्थान पक्का गरेको छ ।

सम्बन्धित खवर