मोन्टी देशाई भन्छन् : नेपाली खेलाडीको प्रदर्शनमा खुशी छु - Crazysaptahik.com

मोन्टी देशाई भन्छन् : नेपाली खेलाडीको प्रदर्शनमा खुशी छु

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाईले एसिसि मेन्स प्रिमियर कपको उपाधि उचाल्दै एशिया कपमा स्थान बनाउँदा प्रदर्शन गरेको खेलमा आफू सन्तुष्ट रहेको बताएका न् ।

मंगलवार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा संयुक्त अरब इमिरेट्सबिरुद्धको खेलमा ७ विकेटको जित निकाल्दै एशिया कपमा स्थान बनाएसँगै खेलाडीको प्रदर्शनलाई प्रशंसा गर्दै सन्तुष्ट रहेको बताएका हुन् ।

मोन्टी देसाईले एशिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने कुरा नयाँ सुनिने भएपनि सेप्टेम्बरमा आयोजना हुने प्रतियोगिताका लागि आफू उत्साहित रहेको बताए । प्रशिक्षक देसाईले एशिया कप सम्मको यात्रा तय गर्न निकै मेहनत गरेको र टोली सम्हालिसकेपछि टोलीका सदस्यहरूले प्रमाणित गर्न निकै मेहनत गरेको बताए ।

भारतीय मूलका प्रशिक्षक देशाईको आगमन पछि नेपालले पछिल्लो समय ठूला प्रतियोगितामा राम्रो नतिजा निकालिरहेको छ । दुई महिनामा उत्कृष्ट लयमा रहेको नेपालले लगातार १० खेलमा जित हात पारेको छ ।

आइसिसी विश्वकप लिग–२ को पछिल्ला १२ मध्ये ११ खेल जितेको नेपाल विश्वकप छनोटमा पुगेको थियो भने धरासायी भएको नेपालको एक दिवसीयमा नेपालले रोमाञ्चक सफलता हात पारेको थियो ।

यस्तै नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल बलिया राष्ट्रसँग बुहप्रतिक्षित प्रतियोगितामा खेल्न पाउनु नै नेपालका लागि मौका भएको बताए । उनले बलिया टोलीविरुद्ध पनि राम्रो खेल्दै पछिल्लो समय हात पारेको नतिजालाई सन्तुलनमा ल्याउने बताए ।

यता फाइनल खेलमा युएईविरुद्ध सम्हालिएको प्रदर्शन गर्दै नेपालको जित सम्भव बनाएका गुल्शन झाले योजना अनुसार ब्याटिङ गर्न क्रिजमा पुगेको र प्रशिक्षकको योजना अनुसार खेल्दा नतिजा निकाल्न सफल भएको प्रतिक्रिया दिए ।

उता प्रतियोगिताको सिरिजका उत्कृष्ट खेलाडी बनेका सन्दीप लामिछानेले नेपाली टोली यहाँसम्म आइपुग्न खेलाडीको अथक मेहनत र प्रशिक्षकको भूमिका निकै महत्त्वपूर्ण रहेको प्रतिक्रिया दिए । यस्तै पराजित टोली युएईका कप्तान मोहम्मद वासिमले नेपालबिरुद्धको खेलमा भाग्यले साथ नदिएको र गुल्सनको उत्कृष्ट खेलका कारण नतिजा गुमाउनु परेको बताए ।

शुरुवात राम्रो भएपनि मध्यक्रमका नेपाली ब्याटरले सम्हालिएको प्रदर्शन गर्दा नतिजा गुमाउनु परेको बताए । उनले योगफल झिनो भएकाले अपेक्षा अनुसार खेल हुन नसकेको समेत बताए ।

नेपालमा सम्पन्न एसिसि मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालसहित १० टोलीले सहभागिता जनाएका थिए । आयोजक एसिसिले सहभागि राष्ट्रलाई दुई समूहमा विभाजन गर्दै खेलाएको थियो ।

जसबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गरेका थिए । प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना भएका हुन् । यससँगै मुलपानी क्रिकेट मैदानले एक दिवसीय मान्यता पाउँदा नेपालले एक खेल कतारसँग मुलपानी क्रिकेट मैदानमा खेल्ने अवसर पाएपनि वर्षाले अवरुद्ध भएको थियो ।

सम्बन्धित खवर